‘प्रभाका चम्किला ताराहरू’ लोकार्पण
काठमाडौं । ‘प्रभाका चम्किला ताराहरू’ नामक जीवनी लोकार्पण गरिएको छ। प्रभा एलुम्नाई एसोसिएसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा प्रेमनारायण अर्यालले सो पुस्तकको लोकार्पण गरेका हुन्।
पुस्तकमा काभ्रेपलाञ्चोक जिल्लास्थित चौँरीदेउराली गाउँपालिका–६ कात्तिकेदेउरालीमा अवस्थित प्रभा माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरी स्वदेशी तथा विदेशका विश्वविद्यालयबाट विद्यावारीधि उपाधि हासिल गर्नुभएका आठ जनाको सङ्घर्ष र सफलताका कथा समेटिएका छन्।
प्रभा बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुखद्वय बलराम कोइराला र चुडाप्रसाद चौलागाईं, प्रभा माध्यमिक विद्यालयबाट पहिलो पटक प्रवेशिका परीक्षामा सहभागी भएका विद्यार्थी लोकनाथ गौतम र विजयराज गिरी, डा सीता सुवेदी, डा टङ्कप्रसाद गौतम, डा दिलीपकुमार गौतम, डा रवीन्द्रराज गिरी, डा नारायणप्रसाद चौलागार्इं, डा सङ्ग्रामसिंह लामा, डा खड्गमान श्रेष्ठ, डा नवराज गौतम र डा ङेमादोर्जे लामालाई सम्मान गरिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment