राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले एसिसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेकामा नेपाली टोलीलाई बधाई ज्ञापन गरेका छन्।
उनले आज सामाजिक सञ्जालमार्फत उपाधि जित्न सफल नेपाली खेलाडी, प्रशिक्षक र सम्बद्ध अधिकारीसहित सबैलाई बधाई दिएका हुन्।
मलेसियामा आज भएको फाइलन खेलमा नेपाली टोलीले सिंगापुरलाई पराजित गर्दै उपाधि जितेको थियो।
प्रतिक्रिया
Facebook Comment