‎‎पुल उद्घाटनको लागि प्रधानमन्त्री ओली हुम्लामा

डिसी नेपाल
२२ असार २०८२ १०:१९
76
Shares

काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने चुवाखोला बेलिब्रिजको आज उद्घाटन गर्दै छन्।

‎‎आइतबार सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले सोही चुवाखोला बेलिब्रिजको उद्घाटनको लागि हुम्ला जान लागेको जानकारी गराएका हुन्।

उनले पुल उद्घाटनसँगै सडक सञ्जालमा जोडिन बाँकी रहेको देशको एकमात्र जिल्ला हुम्ला सदरमुकाम औपचारिक रूपमा राष्ट्रिय राजमार्गसँग जोडिने पनि बताएका छन्।

‎‎४१० किलोमिटर लामो यस सडकले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्दै वैदेशिक व्यापारमा सहयोग पुर्‍याउने उनको विश्वास छ।

उनले लेखेका छन्,‘हुम्ला जाने कुरा बताइरहनु पर्ने त होइन, तर आज विशेष उत्साह लिएर खार्पुनाथ हुम्ला जाँदै छु। किनभने आजबाट सञ्चालनमा आउने कर्णाली करिडोर सडकको चुवाखोला बेलिब्रिजले हाम्रो दक्षिणी छिमेकी मित्रराष्ट्र भारत र उत्तरी छिमेकी मित्रराष्ट्र चीनलाई सडक मार्गले जोड्ने छ। यो राजमार्ग बाँकेस्थित सीमावर्ती क्षेत्र जमुनिया नाकाबाट प्रारम्भ हुन्छ र हुम्लास्थित चीनको सीमावर्ती क्षेत्र हिल्सामा टुंगिन्छ। ४१० किलोमीटर यस सडकले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्छ र हाम्रो वैदेशिक व्यापारलाई सहयोग पुग्छ। अनि यसले सडक सञ्जालमा जोडिन बाँकी एकमात्र जिल्ला हुम्लालाई राष्ट्रिय राजमार्गमा पनि जोड्ने छ।’

प्रधानमन्त्रीले बिहान ११ बजे पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *