नेकपा एसको सचिवालय बैठक जारी, निर्णय सार्वजनिक गर्ने तयारी

डिसी नेपाल
२४ असार २०८२ १२:४१
40
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज पनि जारी छ।

आइतबार बसेको बैठकमा पार्टीका नेताहरूले बोल्ने क्रम सकिएपछि बैठकको निष्कर्ष र निर्णय सार्वजनिक गर्न आज बिहान ११ बजेदेखि बैठक जारी रहेको सचिवालयले जनाएको छ।

गत आइतबार बसेको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेकाले पुनः आज बैठक बसेको हो।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय पार्टी कार्यालयमा आइतबार बसेको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, समाजवादी मोर्चाका गतिविधि, वामपन्थी शक्तिबीच एकतालगायत विषयमा छलफल गरिएको थियो।

बैठकमा पार्टी नेतृ रामकुमारी झाँक्रीका बारे पनि छलफल गरिएको छ।

उनले असार १४ गते बुटवलमा आयोजित एक कार्यक्रममा पार्टीको मूल नेतृत्व (अध्यक्ष माधवकुमार नेपाल) लक्षित अभिव्यक्ति दिँदै अर्ली महाधिवेशन गरेर अर्को नेतृत्व चयन गर्नुपर्ने धारणा राखेकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *