प्रधानमन्त्री र गृहमन्त्रीसहितको टोली बाढी प्रभावित रसुवा जाँदै

डिसी नेपाल
२४ असार २०८२ १४:४३
44
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहितको टोली बाढी प्रभावित क्षेत्र रसुवा जाने भएको छ।

प्रधानमन्त्री ओली नेतृत्वको टोली मंगलबार दिउँसो बाढी प्रभावित क्षेत्रमा जान लागेको हो। उक्त टोलीमा अर्थमन्त्री विष्णु पौडेल र तीन वटै सुरक्षा निकायमा प्रमुख पनि जाने बताइएको छ ।

नेपाल–चीन सीमा क्षेत्रमा रहेको ल्हेन्दे खोलामा आज बिहान आएको बाढीले ठूलो जनधनको क्षति भएको छ। बाढीमा परी हालसम्म १८ जना बेपत्ता भएका छन्। बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *