म्याग्दी पहिरोमा पुरिएका दुईमध्ये एक जनाको शव भेटियो, एकजना अझै बेपत्ता

डिसी नेपाल
२६ असार २०८२ ७:४७
116
Shares

म्याग्दी। पश्चिम म्याग्दीको मालिका गाउँपालिका-३, लुक्सीपारमा घाँस काट्न जाँदा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव भेटिएको छ भने एकजना अझै बेपत्ता छन्।

बुधबार दिउँसो घर नजिकै पाखोबारीमा घाँस काट्ने क्रममा एक्कासी माथिबाट आएको पहिरोमा परेर ३५ वर्षीय जगेन्द्र विक र १२ वर्षीय सरोज विक पहिरोमा पुरिएका थिए।

पहिरोमा परेर पुरिएका उनीहरु नाताले बाबुछोरा हुन्। उनीहरुमध्ये बाबु जगेन्द्र विकको शव भेटिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताए। लुक्सीपारमा माथिबाट खसेको पहिरोमा पुरिएर उनीहरु बेपत्ता भएका थिए।

घटनास्थलमा इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षक सोमदास ढकालको नेतृत्वमा प्रहरीको टोली, जनप्रतिनिधि र स्थानीयवासीले बेपत्ता सरोजको खोजी गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *