काठमाडौं महानगरपालिकाको बजेट आइतबार सार्वजनिक गरिने
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर सभा यही असार २९ गते बोलाइएको छ।
शुक्रबार ६ महिनापछि बसेको कार्यपालिका बैठकमा मेयर बालेन साहले एउटामात्र एजेण्डा प्रस्तुत गरेर बैठक सकिएको हो।
मेयर साहले २९ गते बिहान ९ बजे कार्यपालिका बैठक बस्ने र नगरसभा अधिवेशन दिउँसो २ बजे बोलाउने घोषणा गरे।
बैठकका लागि २४ वटा एजेण्डा गएपनि नगरसभासम्बन्धी एउटामात्र विषय भएको उनले बताए।
उनले भने, ‘एजेण्डामा २४ वटा गएको भएतापनि आज एउटा मात्र एजेण्डा राख्ने कुरा भएको छ। काठमाडौं महानगरपालिकाको १७ औं नगर सभा यही असार २९ गते दिउँसो २ बजे र बिहान ९ बजे कार्यपालिका बैठक बस्ने प्रस्ताव पेस गर्न चाहान्छु।’
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment