भरतपुरमा आज तीन घन्टा विद्युत अबरूद्ध हुने

डिसी नेपाल
२८ असार २०८२ ७:३१
56
Shares

चितवन। भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा शनिबार तीन घण्टा विद्युत अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार भरतपुर महानगर वडा नम्बर ६, ७, ८, १०, १३, १४, १५, १६, २२ र आसपासका क्षेत्रमा शनिबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।

भरतपुर वितरण केन्द्रका अनुसार भरतपुर–१, औद्योगिक-१, हस्पिटल फिडर र ३३ केभी देवनगर प्रसारण लाइन अन्तर्गत विरुद्ध अवरुद्ध हुने छ। बाइपास रोडमा ११ केभी प्रसारण लाइनको विद्युतीय संरचनाहरू निर्माण गर्नुपर्ने भएकोले उक्त स्थानमा विद्युत अवरुद्ध हुने भएको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *