सिरुटारको ग्रामीण सडकमा ट्राफिक चेकिङ
काठमाडौं। सूर्य विनायक नगरपालिका-१ स्थित कौशलटार-विरुवा ग्रामीण सडकखण्डमा नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त चेकिङ सुरु गरेका छन्।
सवारी साधन ग्रामीण सडकमा पनि तीव्र गतिमा चल्न थालेपछि स्पीड नियन्त्रण गर्ने उद्देश्यले चेकिङ सुरु गरिएको प्रहरीले जनाएको छ।
विशेष गरी मोटरसाइकलको स्पीड अत्याधिक हुँदा दुर्घटना हुने जोखिम रहेको भन्दै ट्राफिक प्रहरीले चेकिङ सुरु गरेको जनाएको छ।
दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले कौशलटार-बिरुवा सडकखण्डको सिरुटारमा चेकिङ सुरु गरिएको हो।




No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment