कञ्चनजंघा पदमार्गको पुल बाढीले बगायो
ताप्लेजुङ। कञ्चनजंघा पदमार्गमा पर्ने सिम्बुवा खोलाको झोलुङ्गे पुल बाढीले बगाएको छ।
पदमार्ग अन्तर्गत तोरोङदिन भन्ने स्थानमा रहेको उक्त पुल बगाएको सिरिजङ्गा गाउँपालिका–८ याम्फुदिनका वडाध्यक्ष कृष्ण गुरुङले जानकारी दिए। उनका अनुसार पुल यही असार २८ गते रातिको बाढीले बगाएको अनुमान गरिएको छ।
पुल बगाएपछि तत्कालका लागि कञ्चनजंघ साउथ बेसक्याम्प जाने बाटो अवरुद्ध भएको छ। याम्फुदिनबाट नयाँ झोरेनी, झण्डे डाँडा, तोरोङदिन हुँदै आधारशिविर पुगिन्छ।
उक्त पुल तत्कालीन जिल्ला विकास समितिअन्तर्गत रहेको दुर्गम विकास समितिद्वारा निर्माण गरिएको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment