शंकैशंकामा सरकारको एक वर्ष वित्यो : सांसद दाहाल

डिसी नेपाल
३१ असार २०८२ १६:०१
24
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले शंकैशंकाको घेरामा वर्तमान सरकारले एक वर्ष विताएको बताएका छन्।

मंगलबार प्रतिनिधसभा बैठकमा बोल्दै सांसद दाहालले माफियाहरुको दवाव र प्रभावमा एमाले र कांग्रेस गठबन्धनको सरकार बनेको भन्दै सरकारको एक वर्ष प्रश्नैप्रश्न र शंकैशंकाको घेरामा बिताएको बताएका हुन्।

पछिल्लो एक वर्षमा सरकारले गरेका हरेक निर्णय विवादको घेरामा रहेको उनले बताए। उनले हालैको बाढी/पहिरोलगायतको विपत्तिमा समेत सरकार उदासिन देखिएकाले बेपत्ताको खोजी र राहतका ध्यान दिन सरकारको ध्यानाकर्षण गराए।

त्यस्तै दाहालले रास्वपा र राप्रपाले लामो समयदेखि सदनमा विरोध जनाइरहेको अवस्थामा उनीहरूलाई समेत विश्वासमा लिएर सदन सञ्चालन गर्न सभामुखको समेत ध्यानाकर्षण गराए।

उनले सरकारकै कारण महत्वपूर्ण विधेयकहरु अड्काइएको आरोप लगाए। दाहालले घुस डिल सम्बन्धी अडियो प्रकरणमा सामान्य प्रशासन मन्त्रीको राजीनामा आइसकेको अवस्थामा नाम मुछिएका अर्का मन्त्रीमाथि पनि अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *