सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपाने नियुक्त
काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपाने नियुक्त भएकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभा सदस्य रहेकी न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त गरेका हुन्।
निवर्तमान मन्त्री राजकुमार गुप्ताले घुस प्रकरणमा मुछिएका कारण मंगलबार राजीनामा दिएसँगै न्यौपाने मन्त्रीमा नियुक्त भएकी हुन्।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment