भ्रष्टाचार मुद्दामा वारेस राख्न खोजेपछि माधव नेपाललाई अदालतले अनुमति दिएन
काठमाडौं। पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गराएर आर्थिक अपचलन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको पूर्वप्रधानमन्त्री माधव नेपालले वारेस राख्न नपाउने भएका छन्।
राजनीतिक कार्यक्रमका क्रममा देशका विभिन्न स्थानमा पुग्नुपर्ने कारण देखाइ पूर्वप्रधानमन्त्री नेपालले वारेस राख्ने अनुमति मागेर विशेष अदालतमा निवेदन दिएका थिए।
नेपालले वारेस राखेर मुद्दा लड्न पाउनुपर्ने माग राखी दिएको निवेदनमा सोमबार सुनुवाइ हुँदा न्यायाधीशद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यो आदेश दिएको हो।
आदेशमा भनिएको छ, ‘तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्ने कसुरको अभियोग लागेको देखियो । तसर्थ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को उपदफा (१) को खण्ड (क) को व्यवस्थाअनुसार यी प्रतिवादीलाई वारेस राख्ने अनुमति प्रदान गर्न मिलेन ।’

No ads found for this position



डिसी नेपाल
Facebook Comment