नेपालमा भैँसीको मासु प्रशोधनसम्बन्धी उद्योग स्थापना गर्न चिनियाँ कम्पनी स्वीकृतः प्रधानमन्त्री

डिसी नेपाल
१२ साउन २०८२ २३:४३
260
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्पनी छेन्दु जियान फुड कम्पनीलाई नेपालमा भैँसीको मासु प्रशोधन उद्योग स्थापना गर्न स्वीकृति प्रदान गरिएको जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले मरिण गाउँपालिका(४ सिन्धुलीमा भैँसीको मासु प्रशोधन उद्योग स्थापना गर्न स्वीकृति प्रदान गरिएको जानकारी दिएका हुन्। उद्योग विभागबाट रु २० अर्ब बराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको उनले जानकारी दिए।

‘गत मङ्सिरमा मेरो चीन भ्रमणमा भएको सम्झौताअनुसार छेन्दु जियान फुड कम्पनीले मारिण–४ मा भैँसीको मासु प्रशोधन उद्योग स्थापना गर्न उद्योग विभागबाट रु २० अर्ब बराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको छ। उद्योगले वार्षिक दुई लाख मेट्रिकटन मासु र ५५ हजार मेट्रिकटन सहायक उत्पादन (छाला, भित्री अङ्ग, टाउको) उत्पादन गर्नेछ’, प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘निर्यात र रोजगारी सिर्जनाका लागि यो महत्त्त्पूर्ण हुनेछ।’

प्रधानमन्त्री ओलीले छेन्दु जियान फुड कम्पनीले पाँच हजार १५६ जनालाई रोजगारी दिने र वार्षिक करिब रु डेढ खर्बको मासु चीन निर्यात गर्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *