खानेपानी मन्त्री खड्का विपक्षमा खुले, अब दुई मत निर्णायक

डिसी नेपाल
१३ साउन २०८२ १०:२७
1.8k
Shares

हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दल बैठकलाई लिएर सत्ता समीकरण नयाँ मोडमा पुगेको छ। बहालवाला खानेपानी मन्त्री श्याम खड्का खुलेर मुख्यमन्त्री बहादुरसिंह लामा विरुद्ध जाने भएका छन्।

मन्त्री खड्काले बिहान १० बजेसम्म सहमति भएमा मतदान प्रकृयामा जान नपर्ने बताए पनि यदि मतदान भयो भने मन्त्री पदबाट राजीनामा दिएर विपक्षमा मतदान गर्ने घोषणा गरेका छन्।

यसअघि कांग्रेसका ३७ सांसदमध्ये २१ जनाले लामा विरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए। तर तीमध्ये दुई सांसदले आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै फिर्ता लिएका थिए। अब खड्का खुलेर विपक्षमा गएपछि ३७ मध्ये २० सांसद मुख्यमन्त्रीविरुद्ध स्पष्ट देखिएका छन्।

संसदीय गणितअनुसार अब दुई मत निर्णायक हुने विश्लेषकहरूको भनाइ छ। आज बिहान बस्ने भनिएको संसदीय दलको बैठकबाटै लामा नेतृत्वको सरकार रहने वा ढल्ने टुंगो लाग्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *