बागमतीका खानेपानी मन्त्री खड्काले मुख्यमन्त्रीलाई बुझाए राजीनामा

डिसी नेपाल
१३ साउन २०८२ १२:२५
2.1k
Shares

हेटौंडा । बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री श्यामकुमार खड्काले नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा मुख्यमन्त्री बहादुर सिंह लामालाई राजीनामा बुझाएका छन्।

सत्ताको नेतृत्व गरिरहेको कांग्रेसकै मन्त्री खड्काले राजीनामा दिएका हुन्। खड्काले राजीनामा दिएसँगै मुख्यमन्त्रीको विरूद्धमा अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन्। यससँगै मुख्यमन्त्री लामाविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदको संख्या २२ पुगेको छ।

यसअघि ९ साउनमा प्रदेशका चार जना मन्त्रीले राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए।

यसअघि कांग्रेसका ३७ सांसदमध्ये २१ जनाले लामा विरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए। तर, तीमध्ये दुई सांसदले आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै फिर्ता लिएका थिए। अब खड्का खुलेर विपक्षमा गएपछि ३७ मध्ये २० सांसद मुख्यमन्त्रीविरुद्ध स्पष्ट देखिएका छन्।

संसदीय गणितअनुसार अब दुई मत निर्णायक हुने विश्लेषकहरूको भनाइ छ। आज बस्ने भनिएको संसदीय दलको बैठकबाटै लामा नेतृत्वको सरकार रहने वा ढल्ने टुंगो लाग्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *