समाजवादी मोर्चाको बैठक जारी

डिसी नेपाल
१३ साउन २०८२ १५:४५
72
Shares

काठमाडौं । समाजवादी मोर्चा नेपालको बैठक जारी रहेको छ।

नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो। माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अर्का नेता कृष्ण महरा पनि बैठकमा पुगेका छन् ।

बैठकमा विकसित राजनीतिक घटनाक्रम, मोर्चाको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।

मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ ले पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधवसहित दोस्रो तहका नेताहरूसँग यो बीचमा छलफल गरेका थिए।

माओवादी, नेकपा एस, ‘विप्लव’ नेतृत्वको नेकपा र महेन्द्र राय यादव नेतृत्वको नेसपा सहभागी मोर्चालाई एउटै पार्टी रूपान्तरण गर्ने गरी छलफल चलिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *