आफ्ना गतिविधिलाई औचित्यपूर्ण ढंगले अघि बढाउने समाजवादी मोर्चाको निर्णय

डिसी नेपाल
१३ साउन २०८२ १७:५६
20
Shares

काठमाडौं। समाजवादी मोर्चाले आफ्ना गतिविधिलाई औचित्यपूर्ण ढंगले अघि बढाउने निर्णय गरेको छ।

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको मोर्चाको बैठकले मुलुकमा बेतिथि बढेको भन्दै त्यसका बिरुद्ध औचित्यपूर्ण ढगले आफ्नो गतिविधिलाई अघि बढाउने निर्णय गरेको हो।

बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझ औचित्यपूर्ण र सक्रिय भएर मोर्चा अघि बढ्ने जानकारी दिए। उनले पार्टीभित्र अहिले कुनै समस्या नरहेको समेत बताए।

त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता बामदेव गौतमले मोर्चाको बैठकमा अहिलेसम्मको कामको समिक्षा भएको बताए। उहाले भ्रष्टाचार, बेतिथि र देशलाई बर्बादीबाट जोगाउन छिटै ठूलो प्रदर्शन गर्ने निर्णय भएको जानकारी दिए।

त्यस्तै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले विविध कारणबस मोर्चाले अपेक्षा अनुसार गति लिन नसकेको भन्दै अब सक्रियताका साथ मोर्चालाई अघि बढाइने उल्लेख गरे।

विगतमा भएका कमिकमजोरीहरुलाई सच्याएर अघि बढ्नुपर्ने निष्कर्ष बैठकले निकालेको उनले बताए। विश्वकर्माले भाद्रको अन्तिमतिर देशव्यापीरुपमा मोर्चाको कार्यक्रमहरुलाई अघि बढाइने जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *