एसबीआई बैंकलाई क्यापिटल फाइनान्स इन्टरनेशनल लन्डन र एसियन बैंकिङ एण्ड फाइनास सिंगापुरद्वारा सम्मान
काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडलाई क्यापिटल फाइनान्स इन्टरनेशनल, लन्डनद्वारा च्याम्पियन इन मोडर्न बैंकिङ इनोभेसन नेपाल २०२५ बाट सम्मान गरिएको छ। यो प्रतिष्ठित पुरस्कारले डिजिटल एकीकरण र ग्राहक–केन्द्रित नवप्रवर्तनप्रति बैंकको प्रतिबद्धतालाई मान्यता दिन्छ।
त्यस्तै, बैंकिङ क्षेत्रमा उत्कृष्टता र नवीन सेवा प्रदान गरेको भन्दै २०२५ को लागि एसियन बैंकिङ एण्ड फाइनान्स सिंगापुरद्वारा पनि धेरै प्रतिष्ठित पुरस्कारहरू द्वारा एसबीआई बैंकलाई सम्मान गरिएको छ।
बैंकलाई नेपाल डोमेस्टिक डिजिटल ट्रान्सफर्मेसन बैंक अफ द इयर, होलसेल बैंकिङ अवार्ड श्रेणी अन्तर्गत नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अपरेसन बैंक अफ द इयर र डिजिटल बिजनेस बैंकिङ इनिसिएटिभ अफ द इयर–नेपाल र रिटेल बैंकिङ अवार्ड श्रेणी अन्तर्गत एसएमई बैंक अफ द इयर–नेपालबाट सम्मान गरिएको छ।
यी अन्तर्राष्ट्रिय प्रशंसाहरूले थोक र खुद्रा बैंकिङ दुवै क्षेत्रमा बैंकिङ उत्पादन र सेवाहरूमा उत्कृष्टता र नवीनताप्रति बैंकको अटल प्रतिबद्धतालाई जोड दिने एसबीआई बैंकले जनाएको छ।
बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकले १०१ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, २० शाखारहित बैंकिङ, १२५ एटीएम र एउटा कर्पोरेट कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment