थाइल्यान्डबाट ल्याइएको करिब आठ किलो सेतो हेरोइन बरामद
काठमाडौं । थाइल्यान्डबाट तस्करी गरी ल्याइएको सात किलो आठ सय ग्राम सेतो हेरोइन प्रहरीले नियन्त्रणमा लिएको छ।
लागूऔषध नियन्त्रण ब्यूरोले दुई भारतीयलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।
भारतीय नागरिक फिरोज अहमदलाई चार किलोसहित १६ साउनमा क्रुनाल भेललाई तीन केजी आठ सय ग्रामसहित १८ साउनमा प्रहरीले विमानस्थलमा पक्राउ गरेको हो।
बरामद लागूऔषधको अवैध बजार मूल्य करिब १६ करोड भएको ब्यूरोले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment