सेवाग्राहीको चापपछि कास्कीमा राष्ट्रिय परिचयपत्र सेवा समय बढाइयो

डिसी नेपाल
२० साउन २०८२ २३:३५
52
Shares

कास्की। राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिने सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सेवा समय विस्तार गरेको छ।

प्रशासनले यही साउन २२ गतेदेखि सामाजिक सुरक्षा भत्ताका लागि योग्य लाभग्राहीहरूले सार्वजनिक बिदाका दिनमा बाहेक अन्य दिनमा बिहान ८ः०० बजेदेखि र अन्य सेवाग्राहीका लागि बिहान १०ः०० बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रदान गरिने जनाएको छ।

राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिन सेवाग्राहीको दैनिक भीड लाग्न थालेपछि सेवाको समय परिमार्जन गरिएको हो। परिचयपत्र सेवाका लागि एकैपटक ठूलो सङ्ख्यामा सेवाग्राहीहरू कार्यालयमा उपस्थित हुँदा कार्यालयमा चाप परेकाले सहज ढंगबाट सेवा प्रवाहका र सुविधाका लागि समय विस्तार गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताए।

उनका अनुसार सामाजिक सुरक्षाभत्ता परिचयपत्र नविकरण तथा लाभग्राही सूचीकरण हुन योग्य सेवाग्राहीका लागि यसबाट सहयोग पुग्नेछ। सामाजिक सुरक्षाभत्ताका लागि समेत राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक पर्ने भएकाले ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरू र अशक्त सेवाग्राहीको समेत चाप रहेको प्रशासनले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *