कोशी प्रदेशमा डिजिटल भुक्तानी प्रणाली सुरु

डिसी नेपाल
२३ साउन २०८२ १४:५६
44
Shares

विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भुपेन्द्र राईले प्रदेशमै पहिलो पटक डिजिटल भुक्तानी प्रणालीको शुभारम्भ गरेका छन्।

उक्त प्रणालीको सुरुवात प्रदेश जन–स्वास्थ्य प्रयोगशालाबाट शुक्रबार गरिएको हो।

मन्त्री राईका अनुसार अबको समय डिजिटल, सुशासन र पारदर्शिताको भएकाले यो कदम उठाइएको हो। उनले भने, ‘डिजिटल प्रणालीमार्फत छिटो, छरितो र सजिलो रूपमा भुक्तानी गर्ने कार्य सुरु गरेका छौं। चाँडै सबै प्रादेशिक अस्पतालमा यो प्रणाली लागू गरिनेछ।’

उनका अनुसार यसले नागरिकलाई सरल र सहज तरिकाले सेवा प्रदान गर्न मद्दत गर्नेछ भने सुशासन र पारदर्शिता कायम रहनेछ।

स्वास्थ्य मन्त्रालयले आगामी चैरणमा अन्य स्वास्थ्य संस्थामा पनि यो प्रणाली विस्तार गर्ने योजना समेत बनाएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *