बेनी–जोमसोम सडक अवरुद्ध

डिसी नेपाल
२३ साउन २०८२ १५:०७
24
Shares

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनीजोमसोम सडक अवरुद्ध भएको छ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका२ बैसरीमा खसेको पहिरोका कारण आज बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक विशाल दर्जीले जानकारी दिए। सडक खुलाउने प्रयास भइरहेको उनले बताए। निरन्तर पहिरो खसेकाले सडक खुुलाउन समस्या भएको छ।

सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकासँगको सिधा यातायात अवरुद्ध भएको छ। प्रतिकुल मौसमका कारण पोखराजोमसोम हवाई सेवा पनि बन्द छ। स्थानीयबासीका साथै मुस्ताङ घुम्न जाने र फर्कने पर्यटक यसबाट प्रभावित भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *