बञ्चरो प्रहार गरी दाजुको ह*त्या

डिसी नेपाल
२३ साउन २०८२ २३:३७
124
Shares

राजविराज (सप्तरी)। सप्तरीको राजविराज नगरपालिका–२ स्थित पडरियामा आज घरायसी विवादका क्रममा भाइले दाईलाई बञ्चरो प्रहार गरी हत्या गरेका छन्।

स्थानीय नरेन्द्र झाले घरायसी विवाद हुँदा दाई लोकेन्द्र झाको टाउकोमा बञ्चरो प्रहार गर्दा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताए।

चालीस वर्षीय लोकेन्द्रको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतको भनाइ छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *