चारवटा संसदीय समितिको बैठक बस्दै

डिसी नेपाल
२६ साउन २०८२ ७:२५
28
Shares

काठमाडौं। संघीय संसद्अन्तर्गत सोमबार चारवटा समितिको बैठक बस्दैछ।

जसमा आज अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो।

अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची छ। बैठक बिहान ११ बजे बस्नेछ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘हिन्द कुश हिमालयन पार्लियामेन्टस् मिट–२०२५’ का सम्बन्धमा छलफल हुनेछ। बैठक बिहान ११ बजे बस्नेछ।

विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’मा सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ। बैठक बिहान साढे ११ बजे बस्नेछ।

कानुन, न्याय तथा मानवअधिकार समितिमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’मा दफावार छलफल गर्ने कार्यसूची छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *