मुख्यमन्त्री बानियाँद्वारा प्रतिपक्षी दलसँग विश्वासको मत दिन आग्रह
बाग्मती। बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिपक्ष दलसँग विश्वासको मागेका छन्। प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई पत्रमार्फत उनले विश्वासको मत मागेका हुन्।
प्रदेशको समग्र विकास, सुशासन र स्थायित्वका लागि आफूले प्रदेश सरकारको नेतृत्व गर्न लागेकाले विश्वासको मत दिन मुख्यमन्त्री बानियाँले सबैलाई आग्रह गरेका छन्।
यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका बानियाँले आज प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment