टप एण्ड टी–२० सिरिजमा बंगलादेश ‘ए’ ले दियो नेपाललाई १८४ रनको चुनौती

डिसी नेपाल
३१ साउन २०८२ १७:३०

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपालले बंगलादेश ‘ए’ विरुद्ध बलियो लक्ष्य पाएको छ।

शनिबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ‘ए’ ले २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाया। नेपाललाई जितका लागि १८४ रनको चुनौती दिएको छ।

बंगलादेशका लागि ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाए भने अफिफ होसेनले अविजित ४८ रनको योगदान दिए।

नेपालका तर्फबाट रिजन ढकालले २ विकेट लिए। नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले समान १–१ विकेट लिए।

नेपालले यसअघि शुक्रबार भएको पहिलो खेलमा एनटी स्ट्राइकसँग पराजय ब्यहोरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *