नियमित गर्भजाँचका लागि घरमै निमन्त्रणा कार्ड

डिसी नेपाल
१ भदौ २०८२ २२:३५

बैतडी । नियमित गर्भजाँचका लागि बैतडीमा गर्भवतीको घरमै निमन्त्रणा कार्ड पठाउने कार्य थालिएको छ। यहाँको सुर्नया गाउँपालिका–४ स्थित भौनेली स्वास्थ्यचौकीले आफ्नो सेवा क्षेत्रभित्र रहेका गर्भवती आमालाई घरमै निमन्त्रणा कार्ड पठाउन थालेको हो।

स्वास्थ्यचौकी प्रमुख सुरेन्द्रसिंह महराले गर्भवतीलाई नियमित चेकजाँच गराउन उत्प्रेरित गर्ने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविकामार्फत निमन्त्रणा कार्ड पठाउन थालिएको बताए। उनले भने, ‘निमन्त्रणा कार्डमा गर्भावस्थामा नियमित गर्भजाँचको महत्त्व र फाइदाका विषय समेटेका छौँ । यसका साथै सुत्केरी भएपछि स्वास्थ्य जाँच गर्नुको महत्त्वसमेत त्यसम उल्लेख छ।’

गर्भवती भएपछि स्वास्थ्य संस्थामा आठ पटक गर्भजाँच गराउनुपर्ने भए पनि कतिपयले गर्भजाँच नगर्ने भएकाले यस्तो अभियान सञ्चालन गर्नुपरेको स्वास्थ्यचौकी प्रमुख महराले बताए।

निमन्त्रणा कार्डमा गर्भवती आमाले साबिकभन्दा थप पोषिलो खानेकुरा खानुपर्ने उल्लेख गरिएको छभने ‘आइरन’ चक्की सेवन गर्नुपर्ने, ‘टिडी’ खोप लगाउनुपर्ने, जुकाको औषधि सेवन गर्नुपर्नेलगायत कुराहरू उल्लेख छन्।

स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले यो अभ्यासले आमा र शिशुको ज्यान जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *