मेलम्चीको कार्यकारी निर्देशकमा दास नियुक्त
काठमाडौं । मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशकमा जगरनाथ दासलाई नियुक्त गरिएको छ। मन्त्रिस्तरीय निर्णयले कार्यकारी निर्देशकमा दासलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको खानेपानी मन्त्रालयले जनाएको छ।
दास यसअघि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरका कार्यालय प्रमुख रहेका थिए। उनले आजै कार्यकारी निर्देशकको पदवहाली गरेका मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।
त्यसैगरी मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक ई.रत्न लामिछानेलाई खानेपानी तथा ढल व्यवस्थापन विभागको उपमहानिर्देशकमा नियुक्त गरिएको छ।
विभागको परिवर्तित स्थायी संरचनाअनुसार तीन जना उपमहानिर्देशकको दरबन्दी रहेकामा हाल तीनै जना उपमहानिर्देशक नियुक्त गरिएपछि विभागले पूर्णता प्राप्त गरेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment