वडा अध्यक्ष साहको निधन
राजविराज(सप्तरी)। राजगढ गाउँपालिका– ५ का वडाध्यक्ष देवेन्द्र साहको ७० वर्षको उमेरमा निधन भएको छ ।
अर्बुद रोगबाट पीडित उनको उपचारका क्रममा चिवनको भरतपुर क्यान्सर अस्पतालमा आज बिहान निधन भएको सोही गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले बताएकी छन्।
जनता समाजवादी पार्टीबाट निर्वाचित उनी तीन वर्षदेखि क्यान्सरबाट पीडित थिए । उनका दुई छोरा र तीन छोरी छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment