माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

डिसी नेपाल
१९ भदौ २०८२ १२:५२
20
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो।

बैठकमा समसामयिक राजनीति, स्थायी समितिको निर्णय कार्यान्वयन लगायत एजेन्डामा छलफल भइरहेको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिएका छन्।

यसअघि स्थायी समिति बैठकले गरेको निर्णय कार्यान्वयन सम्बन्धमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भदौ ३ गते बैठक बोलाएका थिए। तर, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्न नेपाली कांग्रेस र नेकपा एमालेले हस्ताक्षर अभियान चलाएपछि बैठक छोटो समय बसेर स्थगित भएको थियो।

त्यसपछि भदौ ६ र ८ गते बैठक बोलाए पनि प्रचण्डले कार्यव्यस्तता देखाउँदै रोकेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *