कर्मचारी समायोजनमा भएको कमजोरी सच्याउन पहल गर्छुः देउवा

डिसी नेपाल
१९ भदौ २०८२ १७:३१
80
Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कर्मचारी समायोजनमा भएको कमजोरी सच्याउन पहल गर्ने बताएका छन्।

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले निजामती विधेयकमा कर्मचारीका सरोकारका विषयलाई पार्टीले गम्भीरतापूर्वक लिएको भन्दै कर्मचारी समायोजनमा भएको कमजोरी सच्याउन पहल बताए। कर्मचारीतन्त्र स्थायी सरकार भएकाले कर्मचारीका जायज समस्यालाई सरकारसमक्ष पुर्‍याउने उनले बताए।

उनले कर्मचारीलाई विश्वासमा लिएर उच्च मनोबल बनाउन सके देशको विकासमा थप सहजता पुग्ने धारणा राखे। सबल र सक्षम निजामती सेवा बनाउन ट्रेड युनियनहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै सभापति देउवाले विगतका कमी कमजोरीलाई सुधार गरेर सरकारले दिने हरेक सेवा चुस्त र दुरुस्त बनाउन क्रियाशिल हुनुपर्नेमा जोड दिए।

त्यस्तै उनले हरेक निकायमा इमानदार र कर्तव्यनिष्ठता कर्मचारी भए मात्र सुशासनको प्रत्याभूति हुन सम्भव हुने धारणा राखे। कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *