बालबालिकासम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

डिसी नेपाल
१९ भदौ २०८२ १८:०५
24
Shares

काठमाडौं। प्रतिनिधिसभाले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ लाई दफावार छफलका लागि विषयगत समितिमा पठाएको छ। प्रतिनिधिसभाको आजको बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले राखेको उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो।

त्यसअघि बैठकमा सभामुख देवराज घिमिरेले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरे। उक्त प्रस्तावलाई सभाको सर्वसम्मति स्वीकृति प्राप्त भएको थियो। सभामुख घिमिरेले उक्त विधेयकमाथि संशोधन राख्न चाहनेले प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता गराउन सक्ने जानकारी गराए।

सभामुख घिमिरेले आजको बैठकको कार्यसूचीमा रहेको राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनर्विचार गरियोस्’ भन्ने कार्यक्रम सूचीबाट हटाइएको जानकारी गराए। प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २५ गते दिउँसो १ बजे बस्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *