सभापति चयन गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
काठमाडौं। संघीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक आज बस्दैछ।
कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा दिनको ५ः१५ बजे बस्नेगरी निर्धारण भएको समितिको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रिया अगाडि बढाउने कार्यसूची छ।
सो समितिको सभापति रहनुभएकी ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सभापति रिक्त रहँदै आएको थियो।
सोही समितिको सभापति चयनका लागि बैठक बोलाइएको सूचनामा उल्लेख छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment