काराबारबाट भागेका पाँच जना नियन्त्रणमा

डिसी नेपाल
२५ भदौ २०८२ १६:३९
4
Shares

दार्चुला। ‘जेनजी’को आन्दोलनका क्रममा जिल्ला कारागारबाट गए राति भागेकामध्ये पाँच जना पक्राउ परेका छन्।

कारागारबाट भागेकामध्ये आज उनीहरूलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए। अरू कैदीबन्दीको खोजी भइरहेको जनाइएको छ।

यस्तै आन्दोलनका क्रममा नेकपा (एमाले) र नेपाली कांग्रेसको पार्टी कार्यालयमा क्षति भएको छ। आज लेकम गाउँपालिका–५ मा रहेको रेडियो लोकदर्पण एफएमको कार्यालयमा समेत तोडफोड भएको छभने गाउँपालिकामा तोडफोडमा जान लागेको भन्दै लेकम–३ मा रहेको सशस्त्र प्रहरी बिओपीको टोली पालिकामा खटाइएको पौडेलले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *