जुम्लामा कर्फ्यू आदेश जारी

डिसी नेपाल
२५ भदौ २०८२ १८:०२
4
Shares

काठमाडौं। जिल्ला प्रशासन कार्यालय जुम्लाले कर्फ्यू आदेश जारी गरिएको छ।

बुधबार विज्ञप्ति निकाल्दै कार्यलयले जुम्ला जिल्ला लगायत मुलुकका विभिन्न भागमा हालै भएको प्रदर्शनका क्रममा ठुलो जनधनको क्षति कारण थप जनधनको क्षति हुन नदिन आम कर्फ्यू जारी गरेको हो।

कार्यलयले २०८२-५-२५ गते बेलुकी ५ः०० बजे देखि मिति २०८२-५-२६ गते बिहान ६ः०० बजे सम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम जुम्ला जिल्ला भित्र कसैले कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने समेत बताएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *