बन्द झुलाघाट नाका सञ्चालनमा
बैतडीर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले झुलाघाट नाकामा आवातजावत खुला गरेको छ। जेनजी आन्दोलनले नेपालमा अशान्ति बढेको भन्दै एसएसबीले आज दिउँसो भारत प्रवेशमा रोक लगाएको थियो।
केही घण्टा बन्द गरिएको नाका अपरान्हपछि सञ्चालनमा आएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए। दिउँसो भारतीय सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएपछि झुलाघाटमा नेपालतर्फको प्रवेशद्वार पनि बन्द गरिएको थियो।
भारतीय पक्षले आवातजावत खुला गरेको एसएसबीलाई उद्धृत गर्दै भारतीय पत्रिका दैनिक जागरणका पत्रकार प्रमोदकुमार भट्टले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment