रुपन्देहीमा राति १० बजेदेखि कर्फ्यू आदेश
देवदह (रुपन्देही)। रुपन्देहीमा आज राति १० बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यू आदेश जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेले बताए। स्थानीय प्रशासन ऐन, २०२८ को दफा २६ (क) बमोजिम आदेश जारी गरिएको उनले जानकारी दिए।
कर्फ्यू अवधिभर आदेशको उल्लंघन गरी कसैले आवातजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गरेमा प्रचलित कानुनअनुसार कारवाही गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ।
रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सृर्जना भइ शान्ति सुरक्षा भंग हुनसक्ने परिस्थितिलाई दृष्टिगत गरी कर्फ्यू आदेश जारी गरिएको प्रजिअ डा पाण्डेले जानकारी दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment