जेनजी आन्दोलनमा मृत्यु भएका युवाहरुप्रति श्रद्धाञ्जली तथा क्यान्डल मार्च
जनकपुर। भदौ २३ र २४ गत्ते भएको जेनजी आन्दोलनमा मृत्यु भएका युवाहरुको सम्मान र सम्झनामा जनकपुरधामका युवाहरुले क्यानडल मार्च र श्रद्धाञ्जली सभा गरेका छन्।
आइतबार साँझ जनकपुरधामको रामानन्द चोकबाट सुरु भएको क्यान्डल मार्च जानकी मन्दिर हुँदै जनक चोकमा पुगेर श्रद्धाञ्जली सभामा परिणत भएको थियो।
श्रद्धाञ्जली सभामा जनकपुरधामका युवाहरुले युवा सहिद अमर रहुन,जेनजी जिन्दाबाद, भ्रष्टाचार मुर्दाबाद, १० लाख दिएर पुग्दैन जस्ता नारा लगाएका थिए। उनीहरुले नेताहरुलाई स्वार्थको राजनिति बन्द गर्न चेतावनी समेत दिएका छन्।
भदौ २३ र २४ गत्ते काठमान्डौसहित देशभर भएको जेनजी आन्दोलनमा हालसम्म ७२ जनाको मृत्यु भइसहेको छ। जसमा अधिकांश युवाहरु रहेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment