सिभिल अस्पतालमा अझै नौ घाइतेको उपचार हुँदै

डिसी नेपाल
३१ भदौ २०८२ १२:१४
16
Shares

काठमाडौं । नेपाल निजामती अस्पताल मीनभवनमा ‘जेनजी पुस्ता’ले गरेको आन्दोलनका क्रममा घाइतेको उपचार भइरहेको छ। हालसम्म यहाँ ४६१ जना उपचारका लागि पुगेका थिए।

अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा घाइते भइ पुगेकामध्ये ४४ जनालाई उपचारका लागि अन्य अस्पताल ‘रिफर’ गरिएको र ३६६ जना सामान्य उपचारपछि घर फर्किका जनाएको छ।

हाल अस्पतालमा नौ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ। उपचारका क्रममा उक्त अस्पतालमा ६ जनाको ज्यान गएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *