प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठनकाे कुनै उपाय नभएपछि आम सहमतिमा मुलुकलाई निकास दिएँः राष्ट्रपति

डिसी नेपाल
३ असोज २०८२ १७:४१
184
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले संकटबाट मुलुकलाई निकास दिने काम भएको बताएका छन्।

संविधान दिवसका अवसरमा शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अहिलेको अवस्थालाई सबैले बुझेर ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न सबैलाई आह्वान समेत गरे।

सबै राजनीतिक दल, मुलुकको प्रशासन तथा व्यवस्थापनमा आबद्ध निकाय बौद्धिक समुदाय र नागरिकहरूलाई असहमति र द्वन्द्व छोडेर पूर्वाग्रहरहित भएर समन्वय र सहकार्यसाथ निर्वाचनको सफलताका लागि क्रियाशील हुन उहाले आह्वान गरे।

राष्ट्रपति पौडेलले नयाँ संविधानका कारण संवैधानिक विकासको इतिहासमै सबैभन्दा बलियो र सार्वभौम भएको उल्लेख गर्दै सबैले यसको रक्षा गर्नुपर्ने बताए।

राष्ट्रपति पौडेलले नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्दै मुलुकको आगामी बाटो तय गर्ने दृढ विश्वास व्यक्त गरे।

राष्ट्रपति पौडेलले नेपालको संस्कृति, प्रकृति र भौगोलिक विविधताले आफैँमा असीमित सम्भावना बोकेको उल्लेख गर्दै यी सम्भावनालाई न्यायोचित ढंगले उपयोग गर्न सके आमनेपालीको जीवनस्तरमा रूपान्तरण ल्याउन सकिने स्पष्ट पारे।

उनले बेथितिको अन्त्य, रोजगारी सिर्जना, वातावरणीय दिगोपन र सामाजिक न्यायलाई प्राथमिकतामा राख्न सके जेन्जी पुस्ताले अहिले मागेको भ्रष्टाचार र बेथितिको अन्त्य हुने जिकिर गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *