मधेस प्रदेश सरकारका मुख्यमन्त्री र सभामुखबीच भेटघाट

डिसी नेपाल
३ असोज २०८२ १९:५९
56
Shares

महेन्द्रनगर (धनुषा)। मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहसँग सभामुख रामचन्द्र मण्डलले आज मुख्यमन्त्री निवास जनकपुरधाममा भेटघाट गरेका छन्।

सो भेटघाटमा मधेस प्रदेशसभा सचिवालय तथा मधेस सरकारका अन्य संरचनामा भएका क्षतिका विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झाले जानकारी दिए। मधेस प्रदेशसभा सचिवालयसहितका प्रदेशसभामा जेनजी प्रदर्शनका क्रममा भएको आगजनी तथा तोडफोडपछि उत्पन्न समस्याका विषयमा छलफल भएको जनाइएको छ।

साथै मधेस प्रदेशसभा सञ्चालनका लागि आवश्यक भौतिक संरचनासहितका अन्य संरचना निर्माणका विषयमा पनि छलफल भएको मधेस प्रदेशका सभामुख मण्डलको सचिवालयले जनाएको छ।

मधेस प्रदेशसभाका सम्पूर्ण संरचना, संसदीय दलका कार्यालय, स्टोर, मुख्यमन्त्रीको कक्षसहितका संरचना जलेका कारण अहिले नै प्रदेशसभाको बैठक बस्न सक्ने अवस्था नरहेको सभामुखले मुख्यमन्त्रीलाई जानकारी दिए।

आफ्नै पार्टीको संसदीय दलको बैठकले मुख्यमन्त्रीमाथिको विश्वासको मत फिर्ता लिँदै सरकारबाट फिर्ता हुन निर्देशन दिएका कारण मुख्यमन्त्री सिंहले संविधानअनुसार प्रदेशसभाबाट ३० दिनभित्रमा विश्वासको मत लिइसक्नुपर्ने छ। त्यसका लागि पनि मधेस प्रदेशसभाको बैठक आवश्यक छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *