‘जेनजी’ पुस्तालाई प्रगतिशील रूपमा संगठित गर्नुपर्ने आवश्यकता छ: मुख्यमन्त्री कँडेल

डिसी नेपाल
४ असोज २०८२ १८:२६
36
Shares

कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (एमाले) स्थायी कमिटी सदस्य यामलाल कँडेलले ‘जेनजी’ पुस्तालाई प्रगतिशील रूपमा संगठित गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

राष्ट्रिय युवा संघ नेपाल तथा अनेरास्ववियुसँग आज यहाँ सुर्खेतमा भएको अन्तरक्रियामा उनले युवा र विद्यार्थी संगठन मिलेर समाजलाई सकारात्मक दिशामा लैजान आह्वान गरे।

मुख्यमन्त्री कँडेलले भने, ‘अब हामी निर्माण गर्ने पुस्ता हौँ, दर्शक बन्ने होइनौँ भन्ने सन्देश दिन लागौँ। भ्रष्टाचारविरुद्ध आवाज उठाउने, राष्ट्रको पक्षमा बोल्ने र समाजलाई अनुशासित बनाउने जिम्मेवारी युवामाथि छ। गुटबन्दी, विभाजन र स्वार्थी राजनीतिले पार्टी मात्र नभइ राष्ट्रसमेत कमजोर हुने हुँदा सचेत बनौँ।’

उनले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउने अडानकै कारण पार्टी अध्यक्षको नेतृत्वमा बनेको सरकार समस्यामा परेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *