बाजुरामा दुई पक्षबीच झडप, तीन जना घाइते
बाजुरा। बाजुरामा दुई पक्षबीच झडप हुँदा तीन जना घाइते भएका छन्। जिल्लाको त्रिवेणी नगरपालिका २ स्थित गाउँमा आयोजित देउडा कार्यक्रममा दुई पक्षबीच झडप हुँदा तीन जना घाइते भएका हुन्।
रातिको समय करिब १ बजेतिर भएको झडपमा परेर त्रिवेणी नगरपालिका ३ का १८ वर्षीय मनोज साउँद, २२ वर्षीय दिनेश साउँद र १६ वर्षीय तपेश साउँद घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरीका अनुसार मनोज साउँदको घाँटी, निधार र दाँहिने हातमा चोट लागेको छ भने दिनेश साउँदको घाँटी र बाँया पाखुरामा चोट लागेको छ।
त्यस्तै तपेश साउँदको दाँहिने हातको नाडीमा सामान्य चोट लागेको बुझिएको छ। घाइतेहरुलाई आफन्तले उपचारका लागि धनगढी लगेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक डिएसपी इकवाल हवारीले बताए। घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लगिएको र घटनामा संलग्न अन्यको खोजी कार्य भइरहेको उनले बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment