महिलाको शव फेला
सर्लाही । सर्लाही जिल्लाको पर्सा गाउँपालिका–१ स्थित हर्दी खोला किनारमा एक महिलाको शव फेला परेको छ। बाढी घटेपछि सोमबार बिहान स्थानीयहरूले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईका अनुसार मृतक महिलाको पहिचान खुल्न सकेको छैन। उनका अनुसार अन्दाजी ३० देखि ३५ वर्ष उमेरकी महिलाको पहिचान खुलाउने प्रयास भइरहेको छ।
मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमान अनुसार महिलाको खोलाले बगाएर मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment