कारागारबाट भागेका कैदीहरूको संख्या १३ हजार ५ सय ८९ जना

डिसी नेपाल
२० असोज २०८२ २०:१९
180
Shares

काठमाडौं । गत भदौ २३ र २४ गते देशभरी भएको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारहरुबाट कैदीबन्दीहरु भागेका छन्। जसमा २०८२ असोज २० गतेको बेलुका ६ बजेसम्मको विवरण अनुसार देशभरका कारागारमा जम्मा कैदी ३० हजार ६ सय ४६ जना रहेका छन्।

जसमध्ये २९ हजार २ सय २४ जना कारागारका छन् भने १ हजार ४ सय २२ जना सुधारगृहका कैदी हुन्।

यसमध्ये, जेनजी आन्दोलनमा कुल १४ हजार ५ सय ५६ जना कैदी भागेका थिए। जसमा कारागारबाट भागेका कैदी १३ हजार ५ सय ८९ जना छन् भने सुधारगृहबाट भागेका कैदी ९ सय ६४ जना रहेका छन्।

नभागेका कुल कैदी १५ हजार ५ सय २५ छन् भने त्यसमा कारागारका १५ हजार १ सय ६२ छन् भने सुधारगृहबाट ६ सय ६३ जना छन्। यसका साथै भागेका मध्ये कुल ८ हजार ८ सय ५१ जना कैदी फिर्ता आएका छन्। त्यसमा कारागारका ८ हजार ५ सय १० छन् भने सुधारगृहका ३ सय ४१ जना रहेका छन्।

आउन बाँकी कुल कैदी ५ हजार ६ सय ९७ जना छन् भने यसमा कारागार तर्फ ५ हजार ७९ जना छन् भने सुधारगृह तर्फ ६ सय १८ जना छन्।

यसै क्रममा १० कैदीको मृत्यु पनि भएको छ जसमध्ये ५ जना कारागारका ५ जना सुधारगृहका छन्।

हाल कूल कैदीको संख्या २४ हजार २ सय २८ जना छन्। यसमा कारागारका २३ हजार ४ सय ३० छन् भने सुधारगृह तर्फ ७ सय ९८ जना छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *