राष्ट्रिय परिचयपत्र बनाउने सेवा बिहानैदेखि

डिसी नेपाल
२२ असोज २०८२ १८:११
348
Shares

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले सेवाग्राहीको अत्यधिक चापका कारण बिहान ७ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रदान गर्ने भएको छ।

दसैँको अवसरमा घर फर्किएकाहरू राष्ट्रिय परिचयपत्र बनाउन प्रशासन कार्यालय आउन थालेपछि सङ्ख्या ह्वात्तै बढेको हो। सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार हाल दैनिक २५० देखि ३०० जनासम्मले राष्ट्रिय परिचयपत्र बनाउन आउने गरेका छन्। दसैँअघिको तुलनामा यो सङ्ख्या दोब्बर हो।

‘सेवाग्राहीको सहजताका लागि सेवा समय परिवर्तन गरिएको हो’, बरालले भने। उनका अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो समयतालिका लागू हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *