कुशल भुर्तेलको अर्धसतकमा नेपालले कुवेतलाई दियो एक सय ४२ रनको लक्ष्य
काठमाडौं। आइसिसी टि–ट्वान्टी एसिया इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत नेपालले कुवेतलाई एक सय ४२ रनको लक्ष्य दिएको छ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ४१ रन बनाएको हो। नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धसतकीय पारी खेले। उनले ५६ बलमा ६६ रन बनाए। यस्तै गुल्शन झाले ६ बलमा २० रन बनाउँदा दीपेन्द्र सिंह ऐरी पनि २० रन बनाएर आउट भए।
टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र कुवेत हालसम्म तीन पटक आमनेसामने भएका छन्। जसमा नेपालले दुई खेल जित्दा कुवेतले एक खेल जितेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment