टी-२० विश्वकप छनोट

नेपालको विजयी सुरुवात, कुवेत ५८ रनले पराजित

डिसी नेपाल
२२ असोज २०८२ २३:५८
144
Shares

काठमाडौं। आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ। बुधबार भएको खलेमा नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको हो।

नेपालले जितका लागि दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेतले १८.१ ओभरमा ८३ रन बनाउँदा सबै विकेट गुमायो। कुवेतका लागि वेलुकरन एन्टोले सर्वाधिक २६ तथा यासिन पटेलले १९ रन बनाए। नेपालका लागि ललित राजवंश, सन्दीप लामिछाने र रोहित कुमार पौडेलले समान दुई दुई विकेट लिए भने सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले एक एक विकेट लिए।

यसअघि ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा भएको खेलमा ‘टस’ हारेर पहिला ‘ब्याटिङ’को निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएका थियो।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए। उनले ५६ बलमा तीन छक्का र तीन चौकासहित ६६ रन बनाएका हुन। यस्तै , गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान २०÷२० रन बनाए भने कप्तान रोहित पौडेलले १६ बनाए।

कुवेतका लागि नवीनराज राजेन्द्रन र अनुदीप चन्दामाराले समान दुइ–दुई ‘विकेट’ लिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *