भौतिक पूर्वाधार मन्त्री घिसिङद्वारा बिपी राजमार्गको अनुगमन

डिसी नेपाल
२३ असोज २०८२ १२:५४
12
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले हालैको बाढीपहिरोका कारण क्षति पुगेको बिपी राजमार्गका विभिन्न खण्डको अनुगमन गरेका छन्।

मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहित सडक अनुगनमा जानुभएका मन्त्री घिसिङले बाढीपहिरोले क्षति चौकीडाँडालगायतका क्षेत्रको अनुगमन गरेका हुन्। बाढीले क्षतिग्रस्त बनाएको करिब ४ किलोमिटर सडकमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गर्न लागिएको हो।

संघीय राजधानी काठमाडौंसँग बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने लाइफ लाइन सडकलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न उनले सडक विभाग र निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । गत वर्षको बाढीले विपी राजमार्गको भकुण्डे—नेपालथोक खण्ड क्षति पुर्‍याएको थियो।

उक्त सडक खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिएकोमा पुनः यस वर्षको बाढीले करिब ४ किलोमिटर सडक पूर्ण रुपमा बगाएको थियो।

गत वर्षको बाढीले क्षति पुर्याएको सडक स्थायी रुपमा निर्माण गर्नका लागि केही खण्डको ठेक्का लगाइसकेको छ। केही खण्डको ठेक्का सम्झौता गर्ने अन्तिम प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *